प्रा.डा. राजेन्द्र विमलको निधनमा गगन थापाद्वारा दुःख व्यक्त

5 घन्टा पहिले प्रकाशित

काठमाडौं, श्रावण २६ गते ।  नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले वरिष्ठ साहित्यकार तथा भाषाविद् प्रा.डा. राजेन्द्र विमलको निधनले नेपाली साहित्य र बौद्धिक क्षेत्रमा अपूरणीय क्षति पुगेको बताएका छन्। मुटुसम्बन्धी समस्याबाट पीडित विमलको मंगलबार राति १२ः३० बजे जनकपुरमा निधन भएको थियो।

थापाले सामाजिक सञ्जालमार्फत विमलले नेपाली, मैथिली र अंग्रेजी साहित्य तथा भाषा अध्ययनका क्षेत्रमा पुर्‍याएको योगदान अतुलनीय रहेको स्मरण गरेका छन्। वरिष्ठ साहित्यकार, भाषाविद् तथा प्राज्ञिक व्यक्तित्व विमलको निधनले नेपाली साहित्य र बौद्धिक जगतमा ठूलो क्षति पुगेको उल्लेख गर्दै थापाले दिवंगत विमलप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। साथै उनले शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?