एलपी ग्यासको माग बढेपछि भारतसँग आयात कोटा बढाउन सरकारको आग्रह

1 दिन पहिले प्रकाशित

काठमाडौं, श्रावण २५ गते । बजारमा खाना पकाउने एलपी ग्यासको माग बढ्दै गएपछि सरकारले भारतसँग ग्यास आयातको कोटा वृद्धि गर्न आग्रह गरेको छ। मागअनुसार आपूर्ति हुन नसक्दा पछिल्लो समय काठमाडौं उपत्यकालगायत विभिन्न क्षेत्रमा ग्यासको अभाव देखिन थालेपछि सरकारले आपूर्ति सहज बनाउन पहल अघि बढाएको हो।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीका अनुसार साउनदेखि ग्यासको माग उल्लेख्य रूपमा बढेकाले परराष्ट्र मन्त्रालयमार्फत भारत सरकारसँग कोटा बढाउन अनुरोध गरिएको छ। हाल नेपालका ५८ वटा ग्यास उद्योगको कुल भण्डारण क्षमता १० हजार १६६ मेट्रिक टन रहेको छ। यसैबीच सरकारले बजारमा ग्यासको आपूर्ति र वितरण अवस्थाबारे अनुगमन पनि तीव्र बनाएको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले ४५ भन्दा बढी ग्यास डिपोमा अनुगमन गरिसकेको छ। सरकारले ग्यास लुकाउने, कृत्रिम अभाव सिर्जना गर्ने वा तोकिएको मूल्यभन्दा बढीमा बिक्री गर्ने व्यवसायीमाथि कारबाही गर्ने जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?