ट्राभल डकुमेन्ट प्रकरणमा परराष्ट्रका सहसचिव पुष्पराज भट्टराई पक्राउ

12 घन्टा पहिले प्रकाशित

काठमाडौं, श्रावण १८ गते । परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराईलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको छ। २०६६ सालमा पाँच तिब्बती शरणार्थीलाई जारी गरिएको ‘ट्राभल डकुमेन्ट’ प्रकरणमा अनुसन्धानका क्रममा उनलाई सोमबार नियन्त्रणमा लिइएको हो। ती शरणार्थीहरूले उक्त कागजातका आधारमा काठमाडौंस्थित जर्मन दूतावासमा भिसाका लागि आवेदन दिएका थिए।

अनुसन्धानका क्रममा ट्राभल डकुमेन्ट जारी प्रक्रियामा अनियमितता भएको, आवश्यक प्रक्रिया पूरा नगरी कागजात जारी गरिएको तथा परराष्ट्र मन्त्रालयभित्र मिलेमतो भएको आशंका गरिएको थियो। सोही प्रकरणमा भट्टराईविरुद्ध राहदानी ऐन, २०७६ तथा साविकको राहदानी ऐन, २०२४ अनुसार मुद्दा अघि बढाइएको छ। साथै भ्रष्टाचारसम्बन्धी विषयमा थप अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई समेत जानकारी गराइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?