‘अवतार ३’मा गोविन्दा देखिएको दाबी झुटो, एआई र फोटोसपबाट बनाइएका तस्बिर भाइरल
13 घन्टा पहिले प्रकाशित
एजेन्सी, पुस ६ गते । बलिउड अभिनेता गोविन्दा जेम्स क्यामरुनको चर्चित फिल्म ‘अवतार ३’ मा देखिएको भन्दै सामाजिक सञ्जालमा केही तस्बिरहरू भाइरल भइरहेका छन् । ती तस्बिरमा गोविन्दाको फिल्ममा क्यामियो रहेको दाबी गरिएको छ । तर यो दाबी पूर्ण रूपमा गलत रहेको खुलेको छ । भाइरल तस्बिरहरू वास्तविक नभई फोटोसप वा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोग गरेर बनाइएका हुन् । गोविन्दाको ‘अवतार ३’ मा कुनै पनि भूमिका छैन ।
यसअघि गोविन्दाले विभिन्न अन्तर्वार्तामा आफूलाई ‘अवतार’ फिल्मको प्रस्ताव आएको दाबी गरेका थिए । उनले जेम्स क्यामरुनले शरीरमा पेन्ट लगाएर काम गर्नुपर्ने भएकाले आफूले फिल्म अस्वीकार गरेको बताएका थिए । तर हाल फैलाइएका तस्बिर र दाबीको वास्तविकतासँग कुनै सम्बन्ध छैन । सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले मनोरञ्जनका रूपमा प्रतिक्रिया जनाइरहे पनि आधिकारिक रूपमा गोविन्दाको ‘अवतार ३’ सँग कुनै संलग्नता नरहेको स्पष्ट भएको छ ।
कमेन्ट गर्नुहोस्
view comments