माधुरी दीक्षितले विनोद खन्नासँगको पुरानो दृश्य सम्झिँदै भनिन्– “त्यो मेरो करियरकै सबैभन्दा असहज अनुभव थियो”
2 घन्टा पहिले प्रकाशित
एजेन्सी, पुष २ गते । बलिउड अभिनेत्री माधुरी दीक्षितले आफ्नो सुरुवाती करियरको एउटा असहज क्षणबारे खुलेर बोलेकी छन्। सन् १९८८ मा रिलिज भएको फिल्म दयावान मा सुपरस्टार विनोद खन्नासँग काम गर्दा आफू निकै असहज भएको अनुभव उनले एक अन्तर्वार्तामा साझा गरेकी हुन्। त्यतिबेला आफू फिल्मी दुनियाँमा नयाँ रहेको र विनोद खन्ना शीर्ष स्टार भएकाले परिस्थिति झनै कठिन बनेको माधुरीको भनाइ छ। उक्त फिल्मको एक गीतको दृश्यपछि आफूलाई निकै लज्जा र असहजता महसुस भएको भन्दै त्यसले भविष्यमा काम छनोट गर्दा स्पष्ट सीमा तय गर्न सिकाएको उनले बताइन्।
माधुरीले फिल्म साइन गर्दा दृश्य यति बोल्ड हुने अनुमान नभएको बताउँदै अहिले फर्केर हेर्दा आफूलाई झस्का लाग्ने गरेको उल्लेख गरिन्। यस विषयमा त्यस समय निकै चर्चा र विवादसमेत भएको थियो। रिपोर्टअनुसार, विवादित दृश्य हटाउन माधुरीले कानुनी प्रक्रिया अपनाउने प्रयास गरेकी थिइन्, तर अन्ततः दृश्य फिल्ममा राखियो। त्यसपछि उक्त घटनाबाट पाठ सिक्दै उनले यस्ता भूमिकामा काम नगर्ने निर्णय लिएको बताइन्। यस अनुभवपछि माधुरी र विनोद खन्नाले फेरि सँगै काम नगरेको पनि जनाइएको छ।
कमेन्ट गर्नुहोस्
view comments