पवन सिंहको बहुप्रतीक्षित भोजपुरी फिल्म ‘दानवीर’को छायांकन लखनउमा सुरु
1 दिन पहिले प्रकाशित
एजेन्सी, पुष १ गते ।भोजपुरी सिनेमाका पावर स्टार पवन सिंहको बहुप्रतीक्षित फिल्म ‘दानवीर’को छायांकन भारतको लखनउमा भव्य रूपमा सुरु भएको छ। छायांकन सुरु भएको खबर सार्वजनिक भएसँगै पवन सिंहका प्रशंसकमाझ उत्साह छाएको छ। सामाजिक सरोकार, दमदार एक्सन र भावनात्मक कथावस्तुमा आधारित यो फिल्मलाई लिएर भोजपुरी फिल्म उद्योगमा सुरुदेखि नै विशेष चर्चा भइरहेको छ। लखनउका ऐतिहासिक र सुन्दर लोकेसनमा खिचिने दृश्यहरूले फिल्मलाई अझ भव्य र विश्वसनीय बनाउने अपेक्षा गरिएको छ।
फिल्म ‘दानवीर’ वाई सी प्रोपर्टीज एन्ड इन्भेस्टमेन्ट प्राइभेट लिमिटेड र मार्फा म्युजिकको ब्यानरमा निर्माण भइरहेको छ। फिल्मका निर्माता प्रेम पाल र अमृत कुमार हुन् भने सह–निर्मातामा इमरोज अख्तर (मुन्ना) रहेका छन्। निर्देशन तथा लेखनको जिम्मेवारी मनोज नारायणले सम्हालेका छन्। यस फिल्ममा पवन सिंहसँगै समर सिंह र महिमा सिंह प्रमुख भूमिकामा देखिनेछन् भने प्रकाश जायस, संजय वर्मा, निशा झा र सुनीता मौर्याजस्ता अनुभवी कलाकारको पनि अभिनय रहनेछ। पवन सिंहले ‘दानवीर’ले दर्शकलाई मनोरञ्जनसँगै सशक्त सामाजिक सन्देश दिने विश्वास व्यक्त गर्दै दर्शकबाट निरन्तर माया र आशीर्वादको अपेक्षा गरेका छन्।
कमेन्ट गर्नुहोस्
view comments