रिकी केजले ‘धुरन्धर’को प्रशंसा गर्दै ‘पठान’माथि कटाक्ष गरे
2 दिन पहिले प्रकाशित
एजेन्सी, मंसिर २९ गते । आदित्य धर निर्देशित फिल्म ‘धुरन्धर’ले बक्स अफिस र दर्शकको मन जितिरहेकै बेला ग्रैमी अवार्ड विजेता भारतीय संगीतकार रिकी केजले पनि फिल्मको खुलेर प्रशंसा गरेका छन्। सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै उनले रणवीर सिंह, आर. माधवन, अक्षय खन्ना, अर्जुन रामपाल र सञ्जय दत्त अभिनीत ‘धुरन्धर’लाई प्राविधिक रूपमा उत्कृष्ट, सशक्त अभिनय र दमदार संवादसहितको सही स्पाइ–थ्रिलर फिल्म बताएका छन्। ३.५ घण्टा लामो फिल्म भए पनि समयको अनुभूति नहुने गरी बनेको भन्दै उनले निर्देशक आदित्य धर र संगीतकार शाश्वत सचदेवको विशेष प्रशंसा गरेका छन्।
तर प्रशंसासँगै रिकी केजले शाहरुख खानको फिल्म ‘पठान’माथि कटाक्ष पनि गरेका छन्। उनले ‘धुरन्धर’को आलोचना गर्नेहरूलाई लक्षित गर्दै, यस्ता दर्शकलाई स्विमसुटमा ‘बेशरम रंग’ गीतमा नाच्ने आईएसआई एजेन्ट देखाइने सिनेमा मनपर्ने टिप्पणी गरेका छन्। साथै ‘धुरन्धर’ वयस्क दर्शकका लागि बनेको फिल्म भएकाले बालबालिकालाई लिएर हेर्नु उपयुक्त नहुने उनको भनाइ छ। रिकीको टिप्पणीमा निर्देशक आदित्य धरले धन्यवाद दिँदै फिल्म मन पराएकोमा खुशी व्यक्त गरेका छन्।
कमेन्ट गर्नुहोस्
view comments