“दोस्रो विवाह गर्न चाहन्छु, तर तलाक अझै पेन्डिङ छ” : महिमा चौधरीको भावुक अन्तर्वार्ता

8 घन्टा पहिले प्रकाशित

एजेन्सी, मंसिर २६ गते ।  ९० को दशककी सदाबहार अभिनेत्री महिमा चौधरी (५२) ले आफ्नो निजी जीवनका सबैभन्दा कठिन पलहरूबारे खुलस्त कुरा गरेकी छन् । सडक दुर्घटना (१९९९ मा ६७ वटा काँचका टुक्रा अनुहारमा घुसेको), ब्रेस्ट क्यान्सरसँगको लडाइँ, पतिसँगको अलगाव र छोरी अरियानाको सिंगल प्यारेन्टिङ—यी सबै कुरा सम्हाल्दै उनले ‘नवभारत टाइम्स’ सँगको विशेष कुराकानीमा दोस्रो विवाहको इच्छा पनि व्यक्त गरिन् ।

“मेरो तलाक अझै पेन्डिङ छ, तर म दोस्रो विवाह गर्न चाहन्छु,” महिमाले भनिन्, “म विवाह संस्थामा विश्वास गर्छु । दुई जना मिलेर जीवन सुन्दर बनाउन सकिन्छ । यो कम्प्यानियनशिप र सपोर्ट सिस्टम हो । आजको समयमा ज्वाइन्ट फ्यामिलीको सपोर्ट कम हुँदै गएकाले यो झन् जरुरी छ ।”

तलाकको निर्णय कति कठिन थियो ?
“धेरै कठिन । मलाई लाग्थ्यो तलाक त त्यतिबेला हुन्छ जब कसम्म कोसिस गरिएन । तर जब आफैंमाथि बित्यो, तब थाहा भयो—जो सम्बन्ध चल्नु छैन, त्यसलाई जबरजस्ती तानिरहनु व्यर्थ हो । सही समयमा बाहिर निसकेर नयाँ जीवन सुरु गर्नु नै बुद्धिमानी हो—भावनात्मक, आर्थिक र मानसिक रूपमा ।”

उनले अगाडि भनिन्, “मेरो परिवारले मलाई हिम्मत दियो । नानीले भन्नुभयो—‘बच्चा हामी पाल्छौं ।’ धेरै साथीहरू त्यतिबेला तलाक लिन डराएका थिए, अहिले आएर भन्छन्—तिमी कति बलिया थियौ ! म भन्छु—म बलियो थिइनँ, मेरो परिवार बलियो थियो ।”

सिंगल प्यारेन्टको चुनौती र छोरीको समझदारी
“अरियाना दादा-दादीसँग हुर्किइन् । ऊ सानैदेखि समझदार छे । एकपटक स्टेशनरी पसलमा ऊले धेरै सामान छानिन्, अनि आफैंले महँगा सामान फाल्दै भनिन्—‘मम्मा, हाम्रो पैसा सकिन्छ ।’ मलाई त्यो पल कहिल्यै बिर्सिंदैन ।”

क्यान्सर र १९९९ को दुर्घटना
“क्यान्सरभन्दा पनि १९९९ को सडक दुर्घटना बढी डरलाग्दो थियो । त्यतिबेला म जवान थिएँ, करिअर सुरु हुँदै थियो । अनुहारमा ६७ टुक्रा काँच घुसेको देखेर बाबा बोल्न सक्नुभएन । क्यान्सरको बेला म परिपक्व भइसकेकी थिएँ, परिवारको साथ थियो ।”

अहिले उनको नयाँ फिल्म ‘दुर्लभ प्रसाद की दूसरी शादी’ चर्चामा छ, जसमा संजय मिश्रासँग जोडी बाँधेकी छन् । “शीर्षक र कन्सेप्ट मन पर्‍यो । संजयजीसँग काम गर्नु नयाँ अनुभव थियो,” उनले भनिन् ।

महिमाको यो खुला कुराकानीले धेरै सिंगल प्यारेन्ट र दोस्रो इनिङको सपना देखिरहेकाहरूलाई हिम्मत दिएको छ । थप अपडेटका लागि हाम्रो पोर्टलमा रहनुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?