मनीषा रानीको घरमा पवन सिंह, घरेलु शैलीको माछा–भातले जिते मन
1 दिन पहिले प्रकाशित
एजेन्सी, मंसिर २५ गते । जनप्रिय भोजपुरी स्टार पवन सिंह हाल चर्चामा छन् । ‘बिग बोस १९’मा सलमान खानसँग स्टेज साझा गरेपछि उनी ‘लाफ्टर शेफ्स ३’मा पनि देखिँदैछन् । यस्तै व्यस्तता बीच उनी युट्युबर तथा कलाकार मनीषा रानीको मुंबईस्थित फ्ल्याटमा पुगेका छन्, जहाँ मनीषाले आफ्नै हातको माछा–भात खुवाएर स्वागत गरिन्। दुवै कलाकार भोजपुरी उद्योगका चर्चित नाम हुन् । मनीषाले भेटको झलक युट्युब व्लगमार्फत सार्वजनिक गरेकी छन्, जसमा पवन सिंह एकदमै सरल शैलीमा उनको घरमा प्रवेश गर्दै माछा–भातको स्वाद लिन देखिन्छन्।
मनीषाले भेटअघि पवनसँगको फोटो पनि शेयर गरेकी थिइन्, जुन सोशल मिडियामा निकै भाइरल भयो। उनका अनुसार पवन सिंह ‘बिग बोस’को फिनालेपछि प्रत्यक्षै आफूलाई भेट्न आएका हुन्, किनकि मनीषाको घरको माछा–तरकारी उनी अत्यन्त मन पराउँछन् । सोही व्लगमा मनीषाले पवन सिंहलाई ‘लाफ्टर शेफ्स ३’मा कपिल शर्मासँग देखिन लागेको भन्दै शुभकामना समेत दिएकी छन् ।
कमेन्ट गर्नुहोस्
view comments