२०२६ को ईदमा हुने फिल्म भिडन्त : ‘धमाल ४’ स्थगित, ‘टक्सिक’ र ‘धुरन्धर पार्ट–२’ बीच ठूलाे प्रतिस्पर्धा

2 दिन पहिले प्रकाशित

एजेन्सी,मंसिर २४ गते । २०२६ सालको ईदमा भारतीय फिल्म बजार एकैसाथ धेरै ठूला चलचित्रको भिडन्तले अत्यन्तै चहलपहल हुने देखिएको छ। अभिनेता यशको ‘टक्सिक’ र रणवीर सिंहको ‘धुरन्धर पार्ट–२’ दुवै फिल्म १९ मार्च २०२६ मा रिलिज हुने भएकाले बक्स अफिसमा तीव्र भिडन्तको अपेक्षा गरिएको छ। यिनै दुई फिल्मको ठूलो प्रभावका कारण अजय देवगनले पहिल्यै घोषणा गरिसकेको आफ्नै फिल्म ‘धमाल ४’ लाई ईदमा नल्याई मे २०२६ तिर सार्ने निर्णय गरेका छन्। उनीले ठूलो भिडन्तमा उत्रनु फिल्म उद्योगको व्यवसायका लागि जोखिम हुने भन्दै समय सार्नु उत्तम ठानेका हुन्।

यसबीच, यश अभिनीत ‘टक्सिक’ प्यान–इन्डिया स्तरमै पाँच भाषामा रिलिज हुने भएकाले यसको प्रभुत्व बढी हुने अनुमान छ। ‘धुरन्धर’ हाल बक्स अफिसमा उत्कृष्ट व्यवसाय गरिरहेको छ र यसको सिक्वेलले पनि ठूलो व्यापार गर्ने अपेक्षा गरिएको छ। अब ईदमा ‘टक्सिक’, ‘धुरन्धर पार्ट–२’ र ‘डकैत’ गरी तीन ठूला फिल्महरू एउटै दिन रिलिज हुने भएपछि भारतीय बक्स अफिसमा प्रतिस्पर्धा झनै रोचक बन्नेछ। ‘धुरन्धर’ ले पाँच दिनमै भारतमा १५२.७५ करोड र विश्वव्यापी २२५ करोड कमाइसकेको छ, जसले सिक्वेलप्रति दर्शकको उत्साह अझ बढाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?