जया बच्चनको पपाराजीबारे टिप्पणीपछि बहस : 'चूहा' भनेपछि अशोक पण्डितले भने 'घमण्डी अमीर सोच'
1 घन्टा पहिले प्रकाशित
एजेन्सी,मंसिर १५ गते । बलिउडकी दिग्गज अभिनेत्री तथा सांसद जया बच्चनले पपाराजी कल्चरप्रति तिखो टिप्पणी गर्दै उनीहरूलाई 'चूहा' भनेकी छन् । एक कार्यक्रममा बोल्दै उनले पपाराजीहरूको पहिरन, शिक्षा, परवरिश र व्यवहारलाई लिएर प्रश्न उठाउँदै उनीहरूलाई मोबाइल बोकेर कसैको पनि गोपनीयतामा दखल दिने भन्दै आलोचना गरेकी छन् । उनले भनेकी छन् कि पपाराजीहरूले गन्दा र टाइट प्यान्ट लगाएर बेहुदा टिप्पणी गर्ने गर्दछन् र उनीहरूको पृष्ठभूमि तथा शिक्षा कस्तो छ भनी प्रश्न उठाएकी छन् । जया बच्चनले आफू पत्रकारकी छोरी भएकाले मिडियाको महत्व बुझ्ने तर पपाराजीलाई मिडियाको हिस्सा नमान्ने बताएकी छन् । यस टिप्पणीपछि बलिउड र मिडिया क्षेत्रमा बहस छेडिएको छ ।
फिल्ममेकर अशोक पण्डितले जया बच्चनको यो टिप्पणीलाई उनको 'घमण्डी अमीर सोच' भनेका छन् । उनले भनेका छन् कि पपाराजीहरू मेहनती पेशेवर हुन् र सेलिब्रिटीहरू तथा उनीहरूका पीआर टिमले नै उनीहरूलाई बोलाउने गर्दछन् । अशोकले जया बच्चनजस्ती सम्मानित सांसद तथा सिनियर सदस्यले पेशालाई नीचो देखाउने र क्लासिस्ट टिप्पणी गर्नु शोभा नदिने बताएका छन् । उनले जया बच्चनलाई आत्मचिन्तन गर्न सुझाव दिँदै पपाराजीको कभरेजलाई सम्मान गर्नुपर्ने जोड दिएका छन् । यस बहसले पपाराजी कल्चर र सेलिब्रिटीहरूको व्यवहारबारे थप छलफल सुरु गरेको छ ।
कमेन्ट गर्नुहोस्
view comments