ऋषभ शेट्टीको 'कान्तारा च्याप्टर १' ओटीटीमा शुक्रबार प्रिमियर : हिन्दी संस्करणको अभावमा दर्शक असन्तुष्ट
3 दिन पहिले प्रकाशित
एजेन्सी, कार्तिक १२ गते । ऋषभ शेट्टीको ब्लकबस्टर फिल्म 'कान्तारा च्याप्टर १' सिनेमाघरमा रिलिज भएको एक महिनाभन्दा कम समयमै डिजिटल प्लेटफर्ममा आउने भएको छ। अक्टोबर २ तारिखदेखि प्रदर्शनमा आएको यो फिल्म यही शुक्रबार (अक्टोबर ३१) अमेजन प्राइम भिडियोमा प्रिमियर हुने भएको हो। प्राइम भिडियोले कन्नड, तमिल, तेलुगु र मलयालम भाषामा रिलिज हुने घोषणा गर्दै दर्शकहरूलाई उत्साहित बनाएको छ, तर हिन्दी संस्करणको अभावले सामाजिक सञ्जालमा व्यापक गुनासोहरू व्यक्त भएका छन्। कतिपय दर्शकहरूले फिल्मको यति छिटो ओटीटीमा आगमनमै आश्चर्य व्यक्त गर्दै यसलाई सिनेमाको व्यापारमा असर पार्ने चिन्ता व्यक्त गरेका छन्। यो फिल्म सन् २०२२ को हिट 'कान्तारा' को प्रिक्वेल हो, जसमा पनि शेट्टीले अभिनय र निर्देशन दुवै गरेका थिए।
सन् २०२५ को सबैभन्दा बढी कमाउने भारतीय फिल्म बनेको 'कान्तारा च्याप्टर १' ले रिलिजको पहिलो २५ दिनमै विश्वव्यापी रूपमा ८१३ करोड भारतीय रूपैयाँ कमाएर विक्की कौशलको 'छावा' (८०७ करोड) लाई पछि पारिदिएको छ। नेपालमा पनि यो फिल्मले आक्रामक व्यापार गरेको छ र अझै सिनेमाघरहरूमा प्रदर्शनरत छ। शेट्टीको बहुआयामिक भूमिका र सांस्कृतिक कथावस्तुले दर्शकहरूलाई तान्यो फिल्मले भारतीय सिनेमामा नयाँ रेकर्ड कायम गरेको छ, जसको ओटीटी रिलिजले घरबसाइँमा पनि यसको जादु फैलाउने अपेक्षा गरिएको छ।
कमेन्ट गर्नुहोस्
view comments