‘बाहुबली ३’ मा तत्काल योजना नभएको निर्माताको खुलासा, ‘बाहुबली: द एपिक’ ३१ अक्टोबरमा रिलिज हुँदै
5 दिन पहिले प्रकाशित

एजेन्सी, असोज २१ गते । ‘बाहुबली’ र ‘बाहुबली २’ का निर्माता शोबू यारलागड्डाले ‘बाहुबली ३’ को चर्चामा चुप्पी तोड्दै तत्काल तेस्रो भागको योजना नभएको बताएका छन्। गुल्टे तेलुगूलाई दिएको अन्तर्वार्तामा उनले ‘बाहुबली’ को कथालाई सिरिज वा शोमार्फत विस्तार गर्न सकिने सम्भावनामा भने रुचि रहेको उल्लेख गरे। योसँगै, उनले ३१ अक्टोबर २०२५ मा रिलिज हुने ‘बाहुबली: द एपिक’ ले दर्शकलाई दुवै फिल्मको संयुक्त महागाथा पुनः अनुभव गराउने र सरप्राइज दिने दाबी गरे।
‘बाहुबली: द एपिक’ पहिलो फिल्मको १०औँ वार्षिकोत्सवमा रिलिज हुँदैछ, जसको रनटाइम ३ घण्टा ४० मिनेट रहनेछ। यो फिल्म ‘बाहुबली १’, अन्तराल र ‘बाहुबली २’ को संयुक्त संरचनामा आधारित छ। यारलागड्डाले यो रिलिजलाई ‘बाहुबली’ को दोस्रो चरणको रूपमा व्याख्या गर्दै कथावस्तु विस्तारको सम्भावना रहेको बताए। एसएस राजामौलीको निर्देशनमा बनेका यी फिल्मले भारतीय सिनेमामा प्यान–इन्डिया रिलिजको ट्रेन्ड स्थापित गरेको थियो।
कमेन्ट गर्नुहोस्
view comments