‘द कन्जुरिङ: लास्ट राइट्स’ ले बक्स अफिसमा धमाकेदार प्रदर्शन
10 दिन पहिले प्रकाशित

एजेन्सी, भदौ २३ गते । हलिउडको चर्चित हरर फ्रेन्चाइज ‘द कन्जुरिङ’ को अन्तिम अध्याय ‘द कन्जुरिङ: लास्ट राइट्स’ ले विश्वव्यापी बक्स अफिसमा उत्कृष्ट प्रदर्शन गरेको छ। माइकल चाभेस निर्देशित यस फिल्ममा प्याट्रिक विल्सन र भेरा फार्मिगाले अभिनय गरेका छन्। प्रदर्शनको पहिलो सप्ताहन्तमै यसले हरर विधामा दोस्रो सबैभन्दा ठूलो ओपनिङ कलेक्सन गर्दै पाँच दिनमा १८७ मिलियन अमेरिकी डलर संकलन गरेको छ। यसमध्ये घरेलु बजार अमेरिका र क्यानडाबाट ८३ मिलियन डलर र अन्तर्राष्ट्रिय बजारबाट १०४ मिलियन डलरको कमाइ भएको छ।
अन्तर्राष्ट्रिय बजारमा पहिलो सप्ताहन्तमै १०० मिलियन डलर पार गर्ने पहिलो हरर फिल्मको कीर्तिमान बनाएको ‘लास्ट राइट्स’ ले दर्शकबीच हरर विधाको लोकप्रियता अझै बलियो रहेको प्रमाणित गरेको छ। ‘द कन्जुरिङ युनिभर्स’ को अन्तिम किस्ता मानिएको यो फिल्म नेपालका सिनेमा हलहरूमा समेत प्रदर्शन भइरहेको छ, जसले नेपाली दर्शकलाई पनि हररको नयाँ अनुभव दिलाइरहेको छ।
कमेन्ट गर्नुहोस्
view comments