‘परम सुन्दरी’ को दमदार सुरुवात, तीन दिनमै बक्स अफिसमा २६ करोड

2 दिन पहिले प्रकाशित

एजेन्सी,भदौ १७ गते । सिद्धार्थ मल्होत्रा र जान्हवी कपूर अभिनीत बलिउड फिल्म परम सुन्दरी ले ओपनिङ विकेन्डमै राम्रो कमाइ गरेको छ। म्याडक फिल्म्सको प्रस्तुत यो रोमान्टिक कमेडी ड्रामाले तीन दिनमा भारतीय बक्स अफिसबाट २६ करोड भारु संकलन गरेको हो। आइतबार मात्रै फिल्मले १० करोड कमाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। यसअघि शुक्रबार ६.८५ करोड र शनिबार ९ करोड भारु कमाइ भएको थियो।

तुषार जलोटा निर्देशित र दिनेश विजन निर्मित फिल्मलाई समीक्षकबाट मिश्रित प्रतिक्रिया मिलिरहेको छ, तर दर्शकमाझ भने उत्साहजनक सुरुवात पाएको देखिन्छ। नेपालका विभिन्न सिनेमा हलमा पनि परम सुन्दरी प्रदर्शन भइरहेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?