गोविन्दा र सुनीता आहूजाको जीवनमा लामो समयदेखि उथलपुथल, तलाकको खबरले चर्चा
2 दिन पहिले प्रकाशित

एजेन्सी,भदौ ८ गते । बॉलीवुडका ‘हीरो नम्बर १’ गोविन्दा र उनकी पत्नी सुनीता आहूजाको जीवनमा लामो समयदेखि अस्थिरता छाएको छ। केही दिनअघि उनीहरू तलाक लिने तयारीमा रहेको समाचार बाहिर आएको थियो, र फेरि यस्तै खबरहरू चर्चामा आएका छन्। तर गोविन्दाका वकिलले यी समाचारहरूलाई अस्वीकार गरेका छन्, भने प्रसिद्ध फिल्ममेकर पहलाज निहलानीले टीभी९ भारतवर्षसँग कुरा गर्दै गोविन्दा र सुनीताको तलाक सम्भव नभएको बताएका छन्। वकिल र निहलानीको बयानपछि गोविन्दाका फ्यानहरूले राहतको सास फेरेका छन्, यद्यपि उनीहरूको सम्बन्धमा हरेक जोडीजस्तै उतारचढाव देखिँदै आएको छ।
गोविन्दा र सुनीताले सगाई गरेका बेला पनि अभिनेताले अर्की अभिनेत्री नीलम कोठारीप्रति आकर्षण देखाएका थिए र उनसँग विवाह गर्न सुनीतासँगको सगाईसमेत तोडेका थिए। गोविन्दाले १९९० मा स्टारडस्ट पत्रिकालाई दिएको अन्तर्वार्तामा नीलमप्रति आफ्नो माया स्वीकार गर्दै भनेका थिए, “उनीसँग जति नजिक भएँ, उति मन पराएँ, उनी यस्ती महिला थिइन् कि कुनै पनि पुरुषले मन राख्न सक्छ, मैले पनि मन गुमाएँ।” तर अन्ततः १९८७ मा उनले सुनीतासँग विवाह गरेर परिवार बसाले, र हाल उनीहरूको ३८ वर्ष लामो वैवाहिक जीवनमा छोरी टीना र छोरा यशवर्धन छन्।
कमेन्ट गर्नुहोस्
view comments