‘बॉर्डर २’को पहिलो झलक सार्वजनिक, सनी देओलको धमाकेदार सैनिक अवतार

20 घन्टा पहिले प्रकाशित

एजेन्सी, श्रावण ३० गते । भारतको ७९औं स्वतन्त्रता दिवसका अवसरमा बहुप्रतिक्षित एक्शन–वार फिल्म बॉर्डर २ को पहिलो पोस्टर सार्वजनिक गरिएको छ। पोस्टरमा सनी देओल सेना को वर्दीमा गम्भीर भावका साथ बजुका समातेका छन् र दुश्मनमाथि प्रहार गर्न तयार देखिन्छन्। उनीसँगै फिल्ममा वरुण धवन, दिलजीत दोसाञ्झ र अहान शेट्टीको पनि महत्वपूर्ण भूमिका रहनेछ। सनीले इन्स्टाग्राममार्फत फर्स्ट लुक शेयर गर्दै फिल्मको रिलिज मिति परिवर्तन भएको जानकारी दिएका छन्। अब यो फिल्म २२ जनवरी २०२६ मा प्रदर्शन हुनेछ।

पोस्टर सार्वजनिक भएपछि प्रशंसकहरू उत्साहित भएका छन्। कतिपयले "मेरो रौं ठाडा भयो" भन्दै प्रतिक्रिया दिएका छन् भने अरूले यसलाई पक्का ब्लकबस्टर हुने बताएका छन्। अनुराग सिंहको निर्देशनमा बनेको यो फिल्ममा सनीसँगै वरुण, दिलजीत, अहान, मेधा राणा, मोना सिंह र सोनम बाज्वा समेत देखिनेछन्। बॉर्डर २ लाई भूषण कुमार र जेपी दत्ताले सह–निर्माण गरेका हुन्। यो १९९७ मा जेपी दत्ताले निर्देशन गरेको सुपरहिट फिल्म बॉर्डरको सिक्वेल हो, जसमा सनी देओलले पनि अभिनय गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?