७४ वर्षमा पनि जिममै सक्रिय थलाइवा, ‘कुली’को सफलता बीच रजनीकान्तको वर्कआउट भिडियो भाइरल

20 घन्टा पहिले प्रकाशित

एजेन्सी, श्रावण ३० गते । भारतीय सिनेमाका सुपरस्टार रजनीकान्तको नयाँ फिल्म कुलीले पहिलो दिनमै ६५ करोड रुपैयाँ कमाउँदै ऐतिहासिक ओपनिङ पाएको छ। यसबीच, ७४ वर्षको उमेरमा पनि डम्बल उठाउँदै, स्क्वाट्स गर्दै जिममा पसिना बगाएको उनको भिडियो सामाजिक सञ्जालमा तीव्र गतिमा भाइरल भइरहेको छ। रातो टी–सर्टमा आउटडोर जिममा व्यायाम गर्दै देखिएका रजनीकान्तको फिटनेसले प्रशंसकहरू चकित भएका छन्, कतिपयले त “आजका युवाले पनि सिक्ने जस्तो अनुशासन” भनेर प्रशंसा गरेका छन्।

२६ सेकेन्डको उक्त भिडियोमा उनी आफ्नो प्रशिक्षकको निर्देशनमा व्यायाम गरिरहेका छन्। योग, बिहानको पैदलयात्रा र नियमित जिम उनको फिटनेस दिनचर्यामा समावेश हुने गरेको छ। धूम्रपान र मदिरा त्यागेर स्वास्थ्यलाई प्राथमिकता दिएका रजनीकान्तले हालै सार्वजनिक कार्यक्रममा सबैलाई व्यायामको सल्लाह दिएका थिए। कुली पछि उनी २०२६ मा प्रदर्शन हुने जेलर २ मा देखिनेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?