रजनीकान्तको कुली’ले रिलिजअघि नै बक्सअफिसमा धमाका, वार २’ पछि पर्यो
1 दिन पहिले प्रकाशित

एजेन्सी,श्रावण २३ गते । भारतमा रिलिज हुन अझै ६ दिन बाँकी छँदै रजनीकान्त स्टारर ‘कुली’ले शुक्रबारसम्म २५ करोड भारुभन्दा बढीको टिकट बिक्री गरिसकेको छ। प्रिमियरको आम्दानीसमेत जोड्दा, व्यापार विश्लेषकहरूले फिल्मले ओभरसिज बजारमा मात्र ७०–८० करोड भारुको ओपनिङ गर्ने अनुमान गरेका छन्। भारतीय बजारसमेत समेट्दा यसको पहिलो दिनको कुल कलेक्सन १३०–१४० करोड भारुसम्म पुग्ने प्रक्षेपण गरिएको छ। यसैबीच, ऋतिक रोशन र जुनियर एनटीआर अभिनीत ‘वार २’को प्रि-सेल्स भने ‘कुली’को तुलनामा पाँच गुणा कम देखिएको छ, जसले भारतमै ९० करोड भारु कमाएपछि मात्र रजनीकान्तको टिकट बिक्री बराबरी गर्न सक्नेछ।
दक्षिण भारतीय राज्यहरूमा ‘कुली’को क्रेज अझै उचाइमा छ। शुक्रबारदेखि सुरु भएको अग्रिम टिकट बिक्रीमा ३० मिनेटमै ४० हजार टिकट बिक्री भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। नेपालमा यो फिल्मको अग्रिम टिकट बिक्री सोमबारदेखि सुरु हुने भएको छ भने ‘वार २’ नेपालमा रिलिज हुने नहुने अझै स्पष्ट भएको छैन। यदि दुवै फिल्म एकैसाथ रिलिज भए, नेपाली बक्सअफिसमा दुई ठूला भारतीय फिल्मबीच रोचक प्रतिस्पर्धा देखिने सम्भावना छ।
कमेन्ट गर्नुहोस्
view comments