मलाइका अरोड़ा द्वारा खान परिवारका लागि विशेष लञ्च पार्टी, सम्बन्धप्रतिको सम्मानले जित्यो मन
2 दिन पहिले प्रकाशित

एजेन्सी, श्रावण २२ गते । अभिनेत्री मलाइका अरोड़ा भले पनि अब सलमान खानको परिवारको औपचारिक हिस्सा नरहेकी हुन्, तर उनी र खान परिवारबीचको आत्मीयता अझै बलियो देखिएको छ। बुधबार मलाइकाले सलमान खानका दिदीहरू अलवीरा र अर्पिता खान तथा उनीहरूका बच्चाहरूका लागि आफ्नो नयाँ रेस्टुरेन्टमा विशेष लञ्च पार्टी आयोजना गरिन्। उनले खान परिवारका सदस्यहरूको स्वागत आत्मीयता र सत्कारका साथ गरिन्, जसको प्रशंसा सामाजिक सञ्जालमा व्यापक रूपमा भइरहेको छ।
यो भेटघाटमा मलाइका आफ्नी बहिनी अमृता अरोड़ा, अर्पिता, अलवीरा तथा तिनका छोराछोरीहरूसँग देखिइन्। अर्पिता आफ्नो छोरा आहिलसँग सहभागी थिइन् भने अलवीरा आफ्ना बच्चाहरू अलीजेह र अयानसँग उपस्थित थिइन्। सोहेल खानका छोरा निर्वाण पनि कार्यक्रममा सहभागी थिए। पार्टीपछि मलाइकाले खान परिवारसँग पपाराजीलाई खुलेर पोज दिइन्। धेरैले मलाइकाको व्यवहारबाट ‘सम्बन्धमा मूल्य कसरी राखिन्छ भन्ने सिक्नुपर्छ’ भन्दै प्रशंसा गरेका छन्, भने केहीले पारिवारिक कार्यक्रममा ‘थोरै मर्यादित पहिरन’ लगाउन सुझाव दिएका छन्।
मलाइका र अरबाज खानको सम्बन्ध २० वर्षसम्म टिकेको थियो। २०१७ मा आधिकारिक रूपमा छुट्टिएपछि उनीहरू आ–आफ्नो जीवनमा अघि बढेका छन्। मलाइका अर्जुन कपूरसँग करिब ८ वर्ष रिलेसनमा रहेकी थिइन् भने हाल उनी सिंगल रहेको बताइएको छ। उता, अरबाजले सन् २०२३ मा शूरा खानसँग दोस्रो विवाह गरे र चाँडै पिता बन्ने तयारीमा छन्।
मलाइका अरोड़ा अभिनयमा खास सक्रिय नरहे पनि उनले आफ्नो ब्रान्ड, डान्स, शो जजिङ र लगानीमार्फत शानदार जीवनशैली अपनाएकी छन्। रिपोर्ट अनुसार उनी करिब १०० करोड रुपैयाँ नेटवर्थकी धनी छिन्। उनको मुम्बईको १४.५ करोडको अपार्टमेन्ट, रेन्टबाट आउने मासिक आय, र एक गीतका लागि लिने १.७५ करोडको पारिश्रमिकले उनी फिल्म नगरे पनि सम्पन्न सेलिब्रेटीमध्ये पर्छिन्।
कमेन्ट गर्नुहोस्
view comments