'वार २' को पहिलो गीत ‘आवन जावन’ सार्वजनिक, ऋतिक–कियाराको रोमान्समा दर्शक मुग्ध

19 घन्टा पहिले प्रकाशित

एजेन्सी, श्रावण १६ गते । बलिउडको प्रतिक्षित एक्सन फिल्म ‘वार २’ को पहिलो गीत ‘आवन जावन’ बिहीबार युट्युबमा सार्वजनिक गरिएको छ। कियारा आडवाणीको जन्मदिनको अवसर पारेर सार्वजनिक गरिएको यस रोमान्टिक गीतमा कियारा र ऋतिक रोशनको केमेस्ट्री झल्किन्छ। प्रीतमको संगीत, अरिजित सिंह र निकिता गान्धीको स्वर र अमिताभ भट्टाचार्यका शब्दले गीतलाई भावनात्मक बनाएको छ।

‘वार २’ लाई अयान मुखर्जीले निर्देशन गरेका हुन् भने आदित्य चोपडाले निर्माण गरेका छन्। ऋतिक र कियारासँगै फिल्ममा तेलुगु सुपरस्टार जुनियर एनटीआरको दमदार भूमिका छ, जसले दर्शकलाई थप रोमाञ्चित बनाएको छ। फिल्म साउन २९ गते हिन्दी, तेलुगु र तमिल भाषामा विश्वव्यापी रूपमा प्रदर्शनमा आउँदैछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?