‘सन अफ सरदार 2’ को दोस्रो ट्रेलरले दर्शकलाई निराश बनायो, मेकर्सको निर्णयमाथि उठ्यो प्रश्न

7 दिन पहिले प्रकाशित

एजेन्सी, श्रावण ६ गते ।  अजय देवगनको मुख्य भूमिका रहेको फिल्म ‘सन अफ सरदार 2’ को दोस्रो ट्रेलर मंगलबार सार्वजनिक भयो, जसले दर्शकहरूलाई झस्कायो। पहिलो ट्रेलरले राम्रो प्रतिक्रिया बटुल्दा, दोस्रो ट्रेलरमा हास्य, ऊर्जा वा कुनै आकर्षक दृश्यको अभाव देखिएको भन्दै दर्शकहरूले सामाजिक सञ्जालमा आलोचना गरिरहेका छन्। १ अगस्ट २०२५ मा प्रदर्शन हुने तयारीमा रहेको यो फिल्ममा देवगन एक असफल प्रेमी सरदारको भूमिकामा छन्, तर ट्रेलर हेरेपछि दर्शकहरूले ‘फिल्ममै केही छैन’ भन्ने प्रतिक्रिया दिएका छन्।

धेरै दर्शकले दोस्रो ट्रेलरलाई अनावश्यक भन्दै मेकर्सले ‘आफ्नै खुट्टामा बन्चरो हाने’को टिप्पणी गरेका छन्। ट्रेलरको कमजोरीलाई लिएर व्यापक व्यंग्य गरिएको छ— कसैले लेखे, "थिएटरमा पनि चार जना मात्र आउनेछन्", त कसैले भने, "ट्रेलरले नै पूरै फिल्म देखाइदियो"। फिल्ममा अजय देवगनसँगै संजय दत्त, मृणाल ठाकुर, संजय मिश्रा, र रवि किशनजस्ता कलाकारको जमघट भए पनि कमजोर ट्रेलरका कारण फिल्मको सफलता अब शंका र आलोचनाको घेरामा परेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?