स्टारविहीन फिल्म ‘सैयारा’ ले मच्यायो धमाका, नयाँ कलाकारले जिते मन

9 दिन पहिले प्रकाशित

एजेन्सी, श्रावण ५ गते । मोहित सुरीको निर्देशनमा बनेको बलिउड फिल्म ‘सैयारा’ ले ठूला स्टार नहुँदै, प्रचार पनि नगरी शानदार व्यापार गर्दै सबैको ध्यान खिचेको छ। यशराज फिल्म्सको ब्यानरमा बनेको यो रोमान्टिक फिल्मले भारतमा ५० करोडभन्दा बढी कमाइ गरिसकेको छ, नेपालमा पनि उत्साहजनक प्रतिक्रिया पाइरहेको छ।

फिल्ममार्फत डेब्यु गरेका २७ वर्षीय अहान पाण्डे र दोस्रो फिल्म खेलिरहेकी २२ वर्षीया अनित पड्डाले अभिनय कौशल देखाउँदै आलोचक र दर्शक दुवैको प्रशंसा बटुलेका छन्। चंकी पाण्डेका भतिज अहान यसअघि सहायक निर्देशकको रूपमा काम गरिसकेका थिए भने अनित ‘सलाम वेंकी’ र वेब सिरिज ‘बिग गर्ल्स डन्ट क्राइ’ मा देखिइसकेकी हुन्। ‘सैयारा’ ले उनीहरूलाई बलिउडमा नयाँ आशाका रूपमा स्थापित गराएको छ।

 
 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?