‘रामायण’देखि ‘कांतारा’सम्म : यी बहुप्रतीक्षित पौराणिक फिल्महरूले मचाउनेछन् तहल्का, ‘रामायण’मै ४ हजार करोडको लगानी

14 दिन पहिले प्रकाशित

एजेन्सी, श्रावण ४ गते । भारतीय सिनेमा फेरि एक पटक पौराणिक कथाहरूको युगमा फर्किन लागेको छ, जहाँ एकपछि अर्को गरी पाँचवटा ठूला पौराणिक फिल्महरू प्रदर्शनको तयारीमा छन्। 'रामायण'देखि 'जय हनुमान'सम्मका यी फिल्महरूले संस्कृति, अध्यात्म र भारतीय ग्रन्थहरूलाई नयाँ ढंगले पर्दामा उतार्ने तयारी गरेका छन्। नितेश तिवारीद्वारा निर्देशित 'रामायण' भारतकै अहिलेसम्मकै सबैभन्दा महंगी फिल्म मानिँदैछ, जसको बजेट करिब ४ हजार करोड रूपैयाँ छ। रणबीर कपूर राम, साई पल्लवी सीता, यश रावण, र बॉबी देओल हनुमानका रूपमा प्रस्तुत हुने यो फिल्म दुई भागमा आउनेछ— पहिलो भाग २०२६ को दिवालीमा, दोस्रो भाग २०२७ को दिवालीमा रिलिज हुनेछ।

त्यस्तै, ‘महावतार नरसिंह’ नामक फिल्म भगवान विष्णुको चौथो अवतारमाथि आधारित ३डी एनिमेटेड सिनेमाटिक फ्रेन्चाइज हो, जुन २५ जुलाईमा पाँच भाषामा रिलिज हुँदैछ। आमिर खानको ड्रीम प्रोजेक्ट 'महाभारत'को तयारी पनि भइरहेकामा यतिखेर कास्ट र स्क्रिप्ट चयनमा समय खर्चिइँदैछ। ‘कांतारा: चैप्टर 1’ भने २ अक्टोबर २०२५ मा आउनेछ, जुन मानव, प्रकृति र देवता बीचको पवित्र सम्बन्धको कथामा आधारित छ। ‘जय हनुमान’ फिल्ममा ऋषभ शेट्टी हनुमानको भूमिकामा देखिनेछन्, जुन सांस्कृतिक जरा र आध्यात्मिक पक्ष उजागर गर्ने उद्देश्यसहित विश्वभर प्रदर्शन हुने तयारीमा छ।

 
 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?