‘झिमझिम’ गीतको धमाका: दुई करोड भ्युज पार गर्दै स्पोटीफाइमा समेत ट्रेन्डिङ
18 घन्टा पहिले प्रकाशित

काठमाडौं, श्रावण २ गते । गायक एकदेव लिम्बु र भारतीय गायिका नेहा कक्करको सहकार्यमा तयार गरिएको गीत ‘झिमझिम’ युट्युबमा छोटो समयमा नै लोकप्रिय बनेको छ। असार १३ गते (जुन २७) मा सार्वजनिक गरिएको यस गीतलाई बिहीबार बेलुकासम्म २ करोड ३ लाखभन्दा बढी पटक हेरिएको छ। गीत नेपालमा युट्युबको संगीत विधामा चौंथो स्थानमा ट्रेन्डिङमा रहेको छ भने रिलिजको दुई दिनमै ५० लाखभन्दा बढी भ्युज पाएको थियो।
‘झिमझिम’ गीत स्पोटीफाइमा भारतका ५० भाइरल गीतको सूचीमा समावेश हुँदै हाल ४२औं स्थानमा ट्रेन्डिङमा रहेको छ। गीतको म्युजिक भिडियोमा ऋत्विक साहोर र प्रिया प्रकाश वारिअरले अभिनय गरेका छन् भने भिडिओलाई स्नेहा शेट्टी कोहलीले निर्देशन गरेकी हुन्। गीतको लोकप्रियताबाट उत्साहित गायक एकदेव लिम्बुले सामाजिक सञ्जालमार्फत आफ्ना भावना साटेका छन्।
कमेन्ट गर्नुहोस्
view comments