कन्नड अभिनेत्री रान्या रावलाई सुन तस्करीमा एक वर्ष जेल, ३४ करोडको सम्पत्ति जफत

2 दिन पहिले प्रकाशित

एजेन्सी, श्रावण १ गते ।  कन्नड अभिनेत्री रान्या रावलाई सुन तस्करीसम्बन्धी मुद्दामा एक वर्षको जेल सजाय सुनाइएको छ। विदेशी मुद्रा संरक्षण तथा तस्करी रोकथाम ऐन अन्तर्गत सल्लाहकार बोर्डले दिएको आदेश अनुसार, रान्यासहित तीन जना अभियुक्तलाई एक–एक वर्ष कैद सजाय दिइएको छ र उनीहरूलाई जेल अवधिभर जमानतको लागि आवेदन दिने अधिकारसमेत नदिइएको छ। रान्या फिल्म ‘माणिक्य’मा सुपरस्टार सुदीपको अपोजिट भूमिकामा देखिएकी अभिनेत्री हुन्।

रान्यालाई यस वर्षको मार्च ३ मा बेंगलुरुको केम्पेगौडा अन्तर्राष्ट्रिय विमानस्थलमा १४.८ किलो सुनसहित पक्राउ गरिएको थियो। डीआरआईले उनलाई बारम्बारको अन्तर्राष्ट्रिय यात्रा र संकास्पद गतिविधिका कारण निगरानीमा राखेको थियो। ईडीले सम्पत्ति शुद्धीकरण रोकथाम ऐन (PMLA) अन्तर्गत रान्याविरुद्ध मुद्दा दर्ता गर्दै जुलाई ४ मा बेंगलुरु, तुमकुर र अनेकलका विभिन्न स्थानका करिब ३४ करोड १२ लाख रुपैयाँ बराबरका घर, जग्गा र सम्पत्ति जफत गरेको जनाएको छ। रान्याका सौतेनी बुबा वरिष्ठ आईपीएस अधिकारी रामचन्द्र राव हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?