‘कान्तारा: च्याप्टर १’ विजयादशमीमा विश्वव्यापी प्रदर्शन हुने

7 घन्टा पहिले प्रकाशित

एजेन्सी,असार २४ गते । साउथ अभिनेता ऋषभ शेट्टी अभिनीत बहुप्रतीक्षित फिल्म 'कान्तारा: च्याप्टर १' आगामी अक्टोबर २ (असोज १६ गते) विजयादशमीको अवसर पारेर विश्वव्यापी रूपमा प्रदर्शनमा आउने भएको छ। निर्देशक तथा मुख्य कलाकार शेट्टीको जन्मदिनको अवसरमा सोमबार सार्वजनिक गरिएको नयाँ पोस्टरमार्फत रिलिज मिति घोषणा गरिएको हो। पोस्टरमा शेट्टी लामो कपाल र दाह्रीको लुकमा युद्धको तयारीमा देखिन्छन्।

यो फिल्म २०२२ मा रिलिज भएर ठूलो सफलता पाएको ‘कान्तारा’ को प्रिक्वेल हो, जसमा ऋषभले दोहोरो भूमिका निर्वाह गरेका थिए र जसले १४ करोड भारतीय रुपैयाँको लागतमा बनेर ४ सय करोडभन्दा बढी आम्दानी गरेको थियो। ‘कान्तारा: च्याप्टर १’ को बजेट झण्डै १२५ करोड भारतीय रुपैयाँ रहेको छ। गान्धी जयन्तीको दिन रिलिज हुने फिल्म कन्नड, हिन्दी, तेलुगु, तमिल, मलयालम, बंगाली र अंग्रेजी गरी सात भाषामा प्रदर्शन हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?