‘माँ’ र ‘कन्नप्पा’ बक्स अफिसमा कमजोर, ‘एफ वान’को विश्वव्यापी प्रदर्शन धमाकेदार

6 घन्टा पहिले प्रकाशित

एजेन्सी, असार २३ गते । एकैसाथ रिलिज भएका भारतीय फिल्म ‘माँ’ र ‘कन्नप्पा’ दुवैले बक्स अफिसमा खास प्रभाव जमाउन सकेनन्। काजोल अभिनीत हरर-थ्रिलर ‘माँ’ र साउथ सुपरस्टारहरूको एक्सन-ड्रामा ‘कन्नप्पा’ जुन २७ बाट प्रदर्शनमा आएका थिए। सुरुवातमा राम्रो प्रचार पाएका यी फिल्महरूले पहिलो हप्तामै कमाइमा गिरावट देखाएका छन्।

५५–६० करोड रूपैयाँ बजेटमा बनेको ‘माँ’ ले सात दिनमा भारतमा २६.६५ करोड र विश्वभर ३३.७५ करोड रूपैयाँ कमाएको छ। यता, २०० करोड बजेटमा बनेको ‘कन्नप्पा’ ले भारतमा ३०.१० करोड र विश्वव्यापी रूपमा ३८.७५ करोड रूपैयाँ मात्र कमाउन सकेको छ।

त्यही समयमा रिलिज भएको हलिउड फिल्म ‘एफ वान’ ले भने विश्वभर धमाकेदार कमाइ गरेको छ। स्पोर्ट्स ड्रामा आधारित ब्राड पिट अभिनीत यो फिल्मले भारतमै ३५.४८ करोड रूपैयाँ कमाइ गरेको छ भने पाँच दिनमै विश्वभर १५०० करोड रूपैयाँ कमाएको जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?