‘लुसिफर’: सत्ता, माफिया र राजनीतिमा पसेको अपराधको कथा
22 घन्टा पहिले प्रकाशित

एजेन्सी, असार २२ गते । दक्षिण भारतीय फिल्म हेर्ने दर्शकका लागि मोहनलाल कुनै अपरिचित नाम होइन। ‘दृश्यम’ जस्तो चर्चित फिल्मका मूल अभिनेता समेत रहेका उनी २०१९ मा रिलिज भएको मलयालम फिल्म लुसिफर मा मुख्य भूमिकामा देखिएका छन्। विवेक ओबेरॉय, मन्जु वारियर र टोभिनो थोमससँगको अभिनयको दमदार संयोजनले यो फिल्मले १८ भन्दा बढी अवार्ड जित्दै ३० करोड भारूको लागतमा बनेर १७५ करोड भारूभन्दा बढी कमाइ गर्दै मलयालम सिने इतिहासमा कमाइको रेकर्ड राखेको थियो। अहिले यसको सिक्वेल एल टू: इम्पुरन ले त्यो रेकर्ड तोडिसकेको छ।
एक्सन थ्रिलर फिल्म ‘लुसिफर’ को कथा राजनीति र माफिया गठबन्धनको वरिपरि घुम्छ। केरलाका मुख्यमन्त्रीको निधनपछि सुरु हुने सत्ता हत्याउने दौडमा दुई राजनीतिक समूह माफियाको सहारा लिन्छन्। फिल्मले देखाउँछ—जब राजनीतिमा अपराधी समूहको आर्थिक र भौतिक प्रभाव प्रवेश गर्छ, तब देशकै भविष्य संकटमा पर्छ। यद्यपि कथावस्तु काल्पनिक भए पनि यसले विकासोन्मुख देशहरूको यथार्थ प्रतिनिधित्व गर्छ। नेपालको सन्दर्भमा हेर्दा पनि यहाँ राजनीतिज्ञ र व्यापारीबीचको साँठगाँठको मार देशले कसरी ब्यहोर्नुपर्छ भन्ने वास्तविकता यसले अप्रत्यक्ष रूपमा उजागर गर्छ।
कमेन्ट गर्नुहोस्
view comments