"तेजस्वीलाई आइना देखाउँदै चिरागको चुनौती : २०२० मा म एनडीएमा भए राजद नम्बर वन हुने थिएन"

16 घन्टा पहिले प्रकाशित

एजेन्सी, असार २० गते ।  लोक जनशक्ति पार्टी (रामविलास) का राष्ट्रिय अध्यक्ष तथा केन्द्रीय खाद्य प्रशोधन उद्योग मन्त्री चिराग पासवान पछिल्ला दिनमा आफ्नो आक्रामक राजनीतिक शैलीका कारण चर्चामा छन्। उनी जता जान्छन्, जताततै पार्टीको सांगठनिक शक्ति देखाउने प्रयासमा लागेका छन्। चिरागले विभिन्न कार्यक्रमहरूमा स्पष्ट रूपमा भनेका छन्— लोजपा (आर) ले आगामी विधानसभा चुनावमा २४३ वटै सिटमा आफ्नो दम देखाउनेछ।

एक कार्यक्रममा चिराग पासवानले राष्ट्रिय जनता दल (राजद) का नेता तेजस्वी यादवलाई तीखा जवाफ दिएका छन्। रामविलास पासवानको जन्मजयन्तीको निम्तो दिन गएका बेला सञ्चारकर्मीहरूसँग बोल्दै उनले भने— "यदि म २०२० को विधानसभा चुनावमा एनडीएसँगै भएको भए, राजद आज सबैभन्दा ठूलो दल बन्ने थिएन। राजदले केवल त्यहीं सिट जितेको हो, जहाँ हामीले उम्मेदवार दिएका थियौं र एनडीएको भोट फुटेको थियो।"

मुख्यमन्त्री नीतीश कुमारको गृह जिल्ला नालन्दाको राजगीरमा आयोजित ‘बहुजन भीम संकल्प समागम’ कार्यक्रममा चिराग उपस्थित भए। उनले स्पष्ट शब्दमा भने— "केही मान्छे म बिहार आउन लागेको खबरले चिन्तित छन्। म चाहन्छु कि बिहारमै विधानसभा चुनाव लडौं। ‘बिहार फर्स्ट, बिहारी फर्स्ट’ मेरो सपना हो। मसँग बाधाहरू छन्, तर म हतोत्साहित हुने वाला छैन। पार्टी भित्रको विभाजन र परिवारमा दरार ल्याएर मलाई कमजोर बनाउन खोजिएको थियो, तर त्यो सफल भएन।"

दलित नेतृत्वको विषयलाई लिएर चिराग पासवान र जीतनराम मांझीबीच समय-समयमा कटाक्ष चलिरहन्छ। शाहाबादको कार्यक्रममा चिरागले ठूलो भीडलाई सम्बोधन गरे, जहाँ महादलित, दलित, र सर्वसमाजको सहभागिता थियो। कार्यक्रममा उपस्थिति हेरेर मांझीले अप्रत्यक्ष रूपमा चिरागमाथि टिप्पणी गरेका थिए। यो क्षेत्र पासवान र महादलित मतदाताको प्रभाव क्षेत्र हो, जहाँ लोजपाको प्रभाव निर्णायक हुने मानिन्छ।

शाहाबाद क्षेत्रमा पासवान मतदाता केही मात्रामा भाकपा-मालेतिर जाने गरेकाले एनडीएले विगतमा निरन्तर घाटा व्यहोरेको थियो। अब भने एनडीएले रणनीति बदलेको देखिन्छ। चिराग पासवानलाई यो क्षेत्रमा मुख्य चेहराका रूपमा अघि सारेर महत्त्वपूर्ण भूमिका निर्वाह गराउन लागिएको छ। चिरागको आक्रामक शैली र आत्मविश्वासले लोजपा (आर) र एनडीएलाई आगामी चुनावमा नयाँ दिशा दिने अनुमान गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?