एकदेव लिम्बू र नेहा कक्करको ‘झिम झिम’ युट्युब ट्रेन्डिङमा पहिलो

2 महीना पहिले प्रकाशित

एजेन्सी, असार १७ गते । नेपाली गायक एकदेव लिम्बू र भारतीय गायिका नेहा कक्करको सहकार्यमा आएको नयाँ गीत ‘झिम झिम’ यतिबेला युट्युब ट्रेन्डिङको पहिलो स्थानमा पुगेको छ। शुक्रबार सार्वजनिक भएको गीत हिन्दी र नेपाली भाषाको सम्मिश्रणमा बनेको रोमान्टिक प्रस्तुति हो, जसमा संगीत रजत नागपालले दिएका छन् भने शब्द एकदेव लिम्बू र राना सोटलले तयार पारेका हुन्।

गीतको भिडिओमा ऋत्विक साहोर र प्रिया प्रकाश वारिअरको अभिनय देख्न सकिन्छ, जुन स्नेहा शेट्टी कोहलीको निर्देशनमा भव्य रूपमा निर्माण गरिएको छ। आइतबार दिउँसोसम्म यो गीत ५४ लाखभन्दा बढी पटक हेरिएको थियो। यसअघि एकदेवको ‘झिम झिमाउने आँखा’ गीतले ६ महिनामै ३ करोड २६ लाखभन्दा बढी भ्यु पाएको थियो। ‘झिम झिम’ ले नेपाली संगीतलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउने प्रयासका रूपमा सकारात्मक प्रतिक्रिया पाइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?