‘काँटा लगा’ बाट रातारात स्टार बनेकी शेफाली जरीवाला डेब्यु गानाका लागि पाएकी थिइन् मात्र ७ हजार रुपैयाँ

23 घन्टा पहिले प्रकाशित

एजेन्सी, असार १६ गते । सन् 2002 मा 'काँटा लगा' गानाबाट सांगीतिक उद्योगमा प्रवेश गरेकी मोडल शेफाली जरीवाला रातारात चर्चामा आएकी थिइन्। त्यतिबेला इन्जिनियरिङ अध्ययन गरिरहेकी शेफालीले यो अवसर पाएको कुरा आफैंले एक अन्तर्वार्तामा उल्लेख गरेकी थिइन्। उनले भनेकी थिइन् कि कलेजको बाहिर रमाइरहेकी बेला निर्देशकद्वय राधिक राव र विनय शंकरले देखेर उनलाई गानाको प्रस्ताव दिएका थिए। उक्त म्युजिक भिडियोमा काम गरेबापत उनले केवल ७,००० रुपैयाँ पारिश्रमिक पाएकी थिइन्, जुन त्यति बेला एक कलेज छात्राको लागि ठूलो रकम थियो।

शेफालीले यो गीत गर्नुअघि परिवारलाई मनाउन निकै संघर्ष गर्नुपरेको पनि खुलासा गरेकी थिइन्। उनका बुबा कडा अनुशासनप्रिय थिए र छोरीले पढाइमै ध्यान दिनुपर्छ भन्ने मान्यता राख्थे। शेफालीले सुरुमा आमालाई मनाइन् र पछि आमाले सहयोग गरेपछि बुबालाई पनि मनाउन सफल भइन्। यसरी परिवारको अनुमति पाएपछि उनले भिडियोमा काम गरिन्। यो निर्णयले उनको जीवन नै परिवर्तन गरिदियो। उनका बोल्ड लुक्स र एनर्जेटिक डान्स स्टेप्सले ९० को दशकका हरेक किशोरको मानसपटलमा छाप छोड्यो।

उनी आफ्नो खर्च आफैं चलाउन चाहन्थिन्, थोरै भए पनि आफ्नै कमाइ गर्न चाहन्थिन्। 'काँटा लगा' गीत सामान्य र बोल्ड दुवै थियो, जुन उनले रमाइलो र पकेट मनीको लागि मात्र गरेको बताएकी थिइन्। तर यही गीतले उनलाई रातारात स्टार बनायो। उनले भनेकी थिइन्, “त्यो निर्देशकहरू परीजस्तै भएर आए र जादुको छडी घुमाएझैं गरे, र एउटा साधारण केटीलाई चम्किलो हँसमा परिणत गरिदिए।”

तर सफलता सँगै आलोचनासमेत उनले भोग्नुपरेको थियो। धेरैले उनलाई आलोचना गरे, तर उनले सकारात्मक सोच राख्दै आफ्नो यात्रा अगाडि बढाइन्। दुर्भाग्यवश, अब यी सम्झनाहरू मात्र बाँकी छन्।

शुक्रवार, 2025 जुन 27 को रात 42 वर्षीया शेफाली जरीवालाको निधन भएको हो। रिपोर्ट अनुसार, कार्डियक अरेस्ट आएपछि उनका श्रीमान् पराग त्यागीले उनलाई तुरुन्त अस्पताल लगे, तर डाक्टरहरूले उनलाई मृत घोषित गरे। उनको असामयिक निधनले परिवार, फ्यान र इन्डस्ट्रीलाई स्तब्ध बनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?