एजेन्सीं, असार १२ गते । ‘वॉर 2’ को पहिलो लुक पोस्टर सार्वजनिक गरिएको छ, जहाँ ऋतिक रोशन, जूनियर एनटीआर र कियारा आडवाणी धमाकेदार एक्शन मोडमा देखिएका छन्। अयान मुखर्जीको निर्देशनमा बन्ने यो फिल्म सन् २०१९ को ब्लकबस्टर वॉर को सिक्वेल हो र आउँदो १४ अगस्ट, २०२५ मा रिलिज हुने पक्का भएको छ। अलग–अलग पोस्टरमा ऋतिक हातमा चक्कु लिएर गम्भीर मुद्रामा देखिन्छन् भने एनटीआर दुईवटा बन्दुकबाट फायरिङ गरिरहेका छन्। कियारा आडवाणी बिकिनी लुकमा बन्दुक समातेको अवस्थामा एकदमै एक्सन–प्याक अवतारमा प्रस्तुत भएकी छन्।
फिल्मको टीजर र पोस्टर सार्वजनिक भएपछि सामाजिक सञ्जालमा चर्चा तीव्र भएको छ। कियाराको बिकिनी तस्बिर CGI वा बडी डबलको हुन सक्ने चर्चा भए पनि उनले यसबारे कुनै प्रतिक्रिया दिएकी छैनन्। निर्देशक अयान मुखर्जीका अनुसार, वॉर जस्तो चर्चित फ्रेन्चाइजलाई अगाडि बढाउनु ठूलो जिम्मेवारी हो र उनले यसलाई अवसरको रूपमा लिएको बताएका छन्। ऋतिक र एनटीआरबीचको टकरावलाई अविस्मरणीय बनाउने उद्देश्यले फिल्मको कथा र एक्सन सिनहरूमा निकै ध्यान दिइएको उनले उल्लेख गरेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
कमेन्ट गर्नुहोस्
view comments