आमिर खानको 'सितारे जमीन पर' नेपालमा बिहीबारदेखि प्रदर्शन

5 दिन पहिले प्रकाशित

एजेन्सीं, असार १२ गते । बलिउड अभिनेता आमिर खानको होम प्रोडक्सनमा बनेको फिल्म ‘सितारे जमीन पर’ नेपालमा बिहीबारदेखि प्रदर्शनमा आउने भएको छ। भारतमा एक साताअघि रिलिज भइसकेको फिल्मलाई नेपालमा एप्पल इन्टरटेन्मेन्टले ल्याएको हो। रिलिज घोषणा भएसँगै क्युएफएक्स, वान सिनेमाजलगायतका हलहरूले शो तालिका सार्वजनिक गर्दै अग्रिम टिकट बुकिङ खुलाएका छन्।

खेलकुद र कमेडीको मिश्रण रहेको यो ड्रामा फिल्मले भारतमा राम्रो व्यापार गरिरहेको छ र समीक्षात्मक रूपमा पनि प्रशंसा पाएको छ। यसअघि फिल्मको वितरण अधिकार महँगो भएको कारण नेपालमा रिलिजमा अन्योल देखिएको थियो, जसले दर्शकहरूलाई निराश बनाएको थियो। आमिर खानसँगै फिल्ममा जेनेलिया देशमुख, आरूष दत्त, गोपीकृष्णन वर्मा, वेदान्त शर्मा लगायतको अभिनय छ। ‘सितारे जमीन पर’ प्रसन्न आरएसको निर्देशनमा बनेको हो भने निर्माणमा आमिर खान र अर्पना पुरोहित रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?