६ महिनाको रमाइलो यात्रापछि ‘लाफ्टर शेफ्स सिजन २’ सकियो, अन्तिम एपिसोडको सुटिङमा भावुक भए कलाकारहरू

6 दिन पहिले प्रकाशित

एजेन्सी,असार ११ गते ।  हाँस्य र पकवानको मज्जा एकसाथ दिने रियालिटी शो ‘लाफ्टर शेफ्स सिजन २’ को यात्रा समाप्त भएको छ। जनवरी २०२५ मा सुरु भएको यो शोले दर्शकलाई ६ महिना लगातार मनोरञ्जन दिएको थियो। अन्तिम एपिसोडको सुटिङ हालै सकिएको छ र कलाकारहरू भावुक भएको दृश्य सामाजिक सञ्जालमा देखिएको छ। २४ जुनमा प्रसारण हुने फिनाले एपिसोडबारे केही जानकारी मिडियालाई पनि दिइएको छ।

कलाकार अली गोनीले इन्स्टाग्राममा लेखेका छन्, “यो शो केवल माया हो, केही अरु होइन। हामी सबै एक परिवार हौं।” अर्की कलाकार कश्मीरा शाहले पनि भावुक पोस्ट गर्दै ‘लाफ्टर शेफ्स’ टिमलाई मिस गर्ने बताएकी छन्। सेटबाट बाहिरिँदै गर्दा कलाकार सुदेश लहरीले भने, “सबैजना एकअर्कालाई मिस गर्नेछन्। दर्शकको माया पाएका छौं, फेरि चाँडै फर्किने आशा छ।”

पहिलो सिजन बिग बॉस १८ को कारण केही समय रोकिएको थियो, तर दर्शकको मागमा सिजन २ फेरि सुरु भएको थियो। केही प्रतिस्पर्धी फेरिए पनि शोको रमाइलो र मनोरञ्जन कम भएको थिएन। अब यस शोले बिदा लिएको छ, तर कलाकारहरूको भावना र दर्शकको माया देख्दा, यसको अर्को सिजन चाँडै आउने सम्भावना बलियो देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?