खेसारी लाल र डेजी शाहको ‘नथुनिया 2’ युट्युबमा धमाका, ५ घण्टामै १ मिलियन भ्युज!
2 महीना पहिले प्रकाशित

एजेन्सी, असार १० गते । भोजपुरी सुपरस्टार खेसारी लाल यादवको नयाँ म्युजिक भिडियो ‘नथुनिया 2’ सार्वजनिक भएको केही घण्टामै युट्युबमा धमाल मच्चाइरहेको छ। २३ जुनमा रिलिज भएको यो गीतमा खेसारीसँग बलिउड अभिनेत्री डेजी शाह पहिलोपटक भोजपुरी गानामा देखिएकी छन्। रिलिज भएको ५ घण्टामै गीतले १ मिलियन भन्दा बढी भ्युज पाएको छ र युट्युब ट्रेन्डिङको १०औं स्थानमा रहेको छ।
तीन वर्षअघि आएको ‘नथुनिया’ गीतमा खेसारी र प्रियंका सिंह देखिएका थिए जसले ५२५ मिलियन भ्युज बटुलेको थियो। त्यसको सिक्वेलको रूपमा आएको ‘नथुनिया 2’ मा खेसारीकै आवाज रहेको छ भने गीतका शब्द र संगीत कृष्णा बेदर्दीले तयार पारेका हुन्। गीतका बोलहरू – “सइयाँ बिन नथुनिया के डाली” – अहिले दर्शक–श्रोताको जिब्रोमा बसेको छ। बलिउडबाट भोजपुरी क्षेत्रमा प्रवेश गरेकी डेजी शाह र खेसारीको जोडीलाई दर्शकहरूले अत्यधिक मन पराएका छन् र गीतले कीर्तिमानी सफलता पाउने अपेक्षा गरिएको छ।
कमेन्ट गर्नुहोस्
view comments