“महिलाहरूको इज्जत गर्छु, सार्वजनिक रूपमा होइन” : अमिताभ बच्चन

2 महीना पहिले प्रकाशित

एजेन्सी, असार १० गते । बलिउड महानायक अमिताभ बच्चन सामाजिक सञ्जालमा निकै सक्रिय छन्। उनी प्रायः आफ्ना छोरा अभिषेक बच्चनका फिल्महरूको प्रमोशन गर्छन्। तर, पत्नी जया बच्चन, बुहू ऐश्वर्या राय वा नातिनी आराध्याबारे पोस्ट नगर्ने विषयमा एक प्रयोगकर्ताले सुझाव दिएपछि अमिताभले सोधिएको प्रश्नको सिधा र स्पष्ट जवाफ दिएका छन्।

उनी आफ्नै घर 'जलसा' बाहिर प्रशंसकहरूसँग भेट गरेको तस्वीर सेयर गर्दै लेख्छन्, “हो, म अभिषेकको तारिफ गर्छु। त त्यसमा के भयो?” एक प्रयोगकर्ताले भनेका थिए, “तपाईंलाई आफ्नी छोरी, बुहू र श्रीमतीको पनि प्रशंसा गर्नुपर्छ।” जवाफमा अमिताभले लेखे, “हो, म तिनीहरूको दिलदेखि प्रशंसा गर्छु, तर सार्वजनिक रूपमा होइन। म महिलाहरूको इज्जत गर्छु।” अर्का एक फ्यानले अभिषेकलाई सबैभन्दा ‘परिपक्व र जिम्मेवार’ सदस्य भनेपछि, उनले अभिषेकको सबैप्रति माया, सम्मान र ध्यान रहेको बताए। अभिषेक बच्चन हाल 'हाउसफुल ५' मा देखिएका थिए र अब 'कालीधर लापता' नामक फिल्ममा जी5 मार्फत देखा पर्न लागेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?