‘लालीबजार’मा स्वस्तिमा खड्का मुख्य भूमिकामा, फरक लुक र कथा लिएर फिल्म फागुन १ मा प्रदर्शन

2 महीना पहिले प्रकाशित

एजेन्सी, असार १० गते । अभिनेत्री स्वस्तिमा खड्का नयाँ नेपाली फिल्म ‘लालीबजार’मा अनुबन्धित भएकी छन्। मंगलबार निर्माण टिमले स्वस्तिमाको फिचर्ड पोस्टर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति समेत घोषणा गरेको छ। ‘जात्रा’ शृङ्खलामार्फत परिचित षट्कोण आर्टसले निर्माण गर्न लागेको यो फिल्म फागुन १ गतेदेखि प्रदर्शनमा आउनेछ।

सार्वजनिक पोस्टरमा स्वस्तिमा गर्भवती अवस्थाको रूपमा प्रस्तुत गरिएको छ, तर उनको शृंगार र हाउभाउले पात्रको अन्तरिक द्वन्द्व वा आकांक्षा झल्काएको देखिन्छ। अभिनेत्री खड्काले कथावस्तु र निर्माण टिमप्रति विश्वासका आधारमा आफू फरक भूमिकामा प्रस्तुत हुन तयार भएको बताउँदै, "यो पात्रलाई जीवन्त बनाउन निकै उत्साहित छु," भनाइ राखेकी छन्।

यम थापाको लेखन तथा निर्देशनमा बन्ने फिल्ममा रवीन्द्रसिंह बानियाँ र म्याक्स दीपेश खत्री निर्माता छन् भने प्रदीप भट्टराई कार्यकारी निर्माता रहनेछन्। निर्देशक थापाका अनुसार ‘लालीबजार’ आफूले लामो समयदेखि बोकिरहेको विचारमा आधारित छ र यसले उनको करिअरलाई नयाँ उचाइमा पु-याउने विश्वास लिएका छन्। फिल्मको छायांकन दशैंपछि सुरु हुने निर्माण पक्षले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?