गोविन्दाका छोरा यशवर्धन आहूजाको बलिउड डेब्यू तयारी, आमा सुनीताले दिए आफ्नै पहिचान बनाउन सल्लाह
2 दिन पहिले प्रकाशित

एजेन्सी, असार ४ गते । ९० को दशकका सुपरस्टार गोविन्दा फिल्मी दुनियाँबाट अलि पर भए पनि उनका छोरा यशवर्धन आहूजा छिट्टै बलिउडमा प्रवेश गर्न लागेका छन्। उनकी आमा सुनीता आहूजाले बताएअनुसार यशवर्धन अभिनयमा पूर्ण तयारीसहित अगाडि बढिरहेका छन् र उनले बाबुको नक्कल नगर्न विशेष सल्लाह पाएका छन्। सुनीता भन्छिन्, “मैले उनलाई भनेँ, गोविन्दाको नक्कल नगर्नू, आफ्नो अलग पहिचान बनाउनुपर्छ। म विश्वस्त छु, उनी मिस्टर गोविन्दाभन्दा पनि ठूलो नाम कमाउनेछन्।”
सुनीता आहूजाले ‘ईटाइम्स’सँगको कुराकानीमा यशवर्धनको डेब्यू तयारीबारे चर्चा गर्दै भनिन् कि घरमै स्क्रिप्ट र विषयवस्तुमा उनीसँग चर्चा हुन्छ। यशवर्धन राम्रो नृत्य गर्न र अभिनयमा पनि दक्ष छन्। उनले वरुण धवनको ‘ढिशुम’ र टाइगर श्रॉफको ‘बागी’ जस्ता फिल्ममा असिस्ट गरेर अनुभव पनि बटुलेका छन्। यशवर्धनले नेशनल अवार्ड विजेता निर्देशक राई राजेशको फिल्मबाट डेब्यू गर्नेछन्, जुन तेलुगू फिल्म ‘बेबी’ को रीमेक हो र यसमा बाबिल खान पनि रहनेछन्।
कमेन्ट गर्नुहोस्
view comments