अब ‘द अमेजिंग स्पाइडर-म्यान’ हेर्नुहोस् पंजाबीमा – नेटफ्लिक्समा उपलब्ध, ट्रेलर हेरेर दर्शक लोटपोट!
2 दिन पहिले प्रकाशित

एजेन्सी, असार ४ गते । मार्वलको चर्चित सुपरहिरो फिल्म ‘द अमेजिंग स्पाइडर-म्यान’ अब नेटफ्लिक्समा पंजाबी भाषामा पनि हेर्न सकिने भएको छ। फिल्मको पंजाबी डब ट्रेलर सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा भाइरल बनेको छ, जहाँ दर्शकहरूले यसको देसी स्वादको खुबै प्रशंसा गरिरहेका छन्। गम्भीर दृश्यहरू पनि डबिङ र पृष्ठभूमि संगीतका कारण मजाकिया लाग्न थालेको भन्दै फ्यानहरूले हाँसो रोक्न नसकेको प्रतिक्रिया दिएका छन्। नेटफ्लिक्स इन्डियाले ट्रेलर सेयर गर्दै लेखेको छ— "स्पाइडर म्यान टर्न्स फुल पंजाबी", जसले फिल्मको हल्का फुल्का पक्षलाई अझ रोचक बनाएको छ।
‘द अमेजिंग स्पाइडर-म्यान’ सन् २०१२ मा रिलिज भएको सुपरहिट फिल्म हो, जसमा एंड्रयू गारफिल्डले स्पाइडर म्यानको भूमिका निभाएका थिए। दिवंगत अभिनेता इरफान खान पनि यस फिल्ममा देखिएका थिए। फिल्मले विश्वभरबाट ७५८.७ मिलियन डलर (६५ अर्ब रुपैयाँभन्दा बढी) कमाएको थियो। अब यो फिल्म हिन्दी, अंग्रेजी, तमिल, तेलुगूका साथसाथै पंजाबी भाषामा पनि नेटफ्लिक्समा उपलब्ध छ, जसले गर्दा दर्शकहरूलाई फरक स्वादमा मनोरञ्जन लिने अवसर प्रदान गरेको छ।
कमेन्ट गर्नुहोस्
view comments