प्रभासको 'द राजा साब' टिजर सार्वजनिक, डिसेम्बर ५ मा विश्वव्यापी प्रदर्शन
3 दिन पहिले प्रकाशित

एजेन्सी,असार ३ गते । दक्षिण भारतीय सुपरस्टार प्रभास अभिनीत फिल्म 'द राजा साब' को टिजर सोमबार सार्वजनिक गरिएको छ। मारूतिको लेखन र निर्देशनमा तयार भएको यो फिल्म हरर कमेडी विधामा आधारित छ, जसमा प्रभासलाई लामो समयपछि हल्का र रमाइलो भूमिकामा देख्न सकिने टिजरले संकेत गरेको छ।
टीजी विश्व प्रसादको निर्माण रहेको यस फिल्ममा प्रभाससँगै मालविका मोहनन, निधि अग्रवाल, रिद्धि कुमार र सञ्जय दत्तको पनि अभिनय रहेको छ। तेलुगु भाषाको सबैभन्दा प्रतीक्षित फिल्ममध्ये एक मानिएको 'द राजा साब' आगामी डिसेम्बर ५ मा विश्वव्यापी रूपमा प्रदर्शनमा आउने तय भएको छ।
कमेन्ट गर्नुहोस्
view comments