बलिउड अभिनेत्री करिश्मा कपूरका पूर्वपति सञ्जय कपूरको निधन

1 दिन पहिले प्रकाशित

५३ वर्षीय सञ्जयको बेलायतमा पोलो खेल्दाखेल्दै हृदयघात

मुम्बई , जेठ ३० गते ।  बलिउड अभिनेत्री करिश्मा कपूरका पूर्व पति सञ्जय कपूरको निधन भएको छ। ५३ वर्षका सञ्जयको बिहीबार बेलायतमा पोलो खेल्दै गर्दा हृदयघात भई मृत्यु भएको हो।

आज तकको रिपोर्ट अनुसार, खेलको क्रममा अचानक हृदयघात भएपछि उनलाई तत्कालै चिकित्सकीय सहायता प्रदान गरिए पनि बचाउन सकिएन।

सञ्जयले सन् २००३ मा करिश्मा कपूरसँग विवाह गरेका थिए। तर, वैवाहिक सम्बन्ध लामो समय टिक्न सकेन। सन् २०१६ मा उनीहरूबीच कानुनी रूपमा सम्बन्ध विच्छेद भयो।

पूर्व दम्पतीका दुई सन्तान रहेका छन्। सञ्जयको निधनले बलिउड र उनका पारिवारिक सदस्यहरूमा शोक छाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?