‘हाउसफुल ५’ ले पाँच दिनमै कमायो ११६ करोड भारू

2 दिन पहिले प्रकाशित

एजेन्सी, जेठ २९ गते । अक्षय कुमार अभिनीत बहुप्रतीक्षित फिल्म हाउसफुल ५ ले प्रदर्शनको पाँच दिनमै भारतमा १ सय १६ करोड भारतीय रुपैयाँको व्यवसाय गर्न सफल भएको छ। फिल्मले ओपनिङ दिनमै २४ करोड ३५ लाख भारू कमाएको थियो भने शनिबार ३२ करोड ३८ लाख, आइतबार ३५ करोड १० लाख, सोमबार १३ करोड १५ लाख र मंगलबार ११ करोड ७० लाख भारूको कमाइ गर्दै सकारात्मक व्यापारिक गति कायम राखेको छ।

तरूण मनसुखानीद्वारा निर्देशित र साजिद नाडियाडवालाद्वारा निर्मित यस हास्यप्रधान फिल्ममा अक्षय कुमारसँगै अभिषेक बच्चन, रितेश देशमुख, ज्याकलिन फर्नान्डेज, सञ्जय दत्त, नाना पाटेकर र ज्याकी श्राफ लगायतका चर्चित कलाकारको अभिनय रहेको छ। भारतमा मात्र होइन, हाउसफुल ५ ले नेपालमा समेत राम्रो व्यापार गरिरहेको जनाइएको छ।

 
 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?