'टाइगर भर्सेस पठान' स्थगित, यशराज स्पाइ युनिभर्स पुनर्मूल्यांकनमा
3 दिन पहिले प्रकाशित

एजेन्सी, जेठ २८ गते । भारतीय सिनेमाका सुपरस्टारहरू सलमान खान र शाहरुख खानलाई पुनः एकसाथ ल्याउने भनिएको यशराज फिल्म्सको महत्वाकांक्षी जासूसी थ्रिलर 'टाइगर भर्सेस पठान' हालका लागि स्थगित गरिएको छ। पिंकभिल्लाको रिपोर्ट अनुसार यशराज प्रमुख आदित्य चोपडा स्पाइ युनिभर्सको भविष्यबारे गम्भीर पुनर्मूल्यांकनमा जुटेका छन्। कथावस्तु र प्रस्तुतिको दृष्टिकोणलाई नयाँ ढंगले पुनर्संरचना गर्दै फ्रेन्चाइजीलाई अझ बलियो बनाउने योजना अन्तर्गत यो निर्णय गरिएको हो।
यसैबीच, यशराजले 'वार २' (ऋतिक रोशन र जुनियर एनटिआर) लाई १४ अगस्ट २०२५ मा रिलिज गर्ने तयारी गरेको छ, भने आलिया भट्टको 'अल्फा' पनि यही वर्षको अन्त्यतिर आउनेछ। शाहरुख अभिनीत 'पठान २' समेत हालका लागि रोकिएको छ। यशराज अहिले 'धूम ४' मा बढी केन्द्रित देखिएको छ, जसमा रणबीर कपूर मुख्य भूमिकामा रहनेछन् र निर्देशन अयान मुखर्जीले गर्नेछन्। फिल्म सन् २०२६ को गर्मीमा सुटिङ सुरू गरी २०२७ मा रिलिज गर्ने योजना बनाइएको छ।
कमेन्ट गर्नुहोस्
view comments