‘द ग्रेट इन्डियन कपिल शो’ को तेस्रो सिजन २१ जूनदेखि नेटफ्लिक्समा, पहिलो एपिसोडमा भारतीय क्रिकेटरहरू
16 घन्टा पहिले प्रकाशित

एजेन्सी, जेठ २५ गते । भारतीय कमेडियन कपिल शर्माले लोकप्रिय कमेडी कार्यक्रम ‘द ग्रेट इन्डियन कपिल शो’ को तेस्रो सिजन ल्याउने भएका छन्। भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार तेस्रो सिजनको छायांकन सुरु भइसकेको छ र यो शो ओटिटी प्लेटफर्म नेटफ्लिक्समा प्रसारण हुनेछ। सिजनको पहिलो एपिसोडमा भारतीय क्रिकेटर गौतम गम्भीर, ऋषभ पन्त, अभिषेक शर्मा र युजवेन्द्र चहल अतिथिका रूपमा सहभागी हुनेछन्।
यो सिजन २१ जूनदेखि सार्वजनिक हुनेछ। विशेष कुरा के छ भने पहिलो एपिसोडमा अर्चना पूरन सिंहको स्थानमा नवजोत सिंह सिद्धु देखिनेछन्। कपिल शर्मासँगै सुनील ग्रोवर, कीकू शारदा, कृष्णा अभिषेक, अर्चना पूरन सिंह लगायतका कलाकारले आफ्नो प्रस्तुति दिनेछन् भने केही नयाँ कलाकारहरूको समेत आगमन हुने बताइएको छ।
कमेन्ट गर्नुहोस्
view comments