'अक्सर' फेम उदिता गोस्वामी अब डिजे आर्टिस्ट, बलिउडबाट टाढिएर नयाँ पहिचानमा
2 दिन पहिले प्रकाशित

एजेन्सी, जेठ २१ गते । १९९० को दशकको अन्त्यतिर बलिउडमा बोल्ड कन्टेन्टवाला फिल्महरू निर्माण हुन थालेका थिए, जसमा अभिनेता इमरान हाशमीको प्रवेशले विशेष भूमिका खेलेको थियो। यही लहरमा उदिता गोस्वामीजस्ता अभिनेत्रीहरूले लोकप्रियता कमाए। उनले इमरान हाशमीसँग फिल्म 'अक्सर' र 'जहर' जस्ता बोल्ड सिनसहितका फिल्ममा अभिनय गरेकी थिइन्। 'अक्सर' फिल्मको चर्चित गीत 'झलक दिखला जा' मा देखिएपछि उनी रातारात चर्चित बनेकी थिइन्। १९ वर्षको उमेरमै बलिउडमा प्रवेश गरेकी उदिताले सुरुवातमै बोल्ड अवतार अपनाउन हिचकिचाइनन्।
हाल ४१ वर्षीया उदिता गोस्वामी अभिनय क्षेत्रबाट टाढिएर डिजे आर्टिस्टको रूपमा आफ्नो नयाँ पहिचान बनाउँदै गएकी छन्। 'पाप', 'दिल दिया है', 'चेज', 'डायरी अफ ए बटरफ्लाई' लगायतका फिल्ममा अभिनय गरेकी उदिताले सन् २०१३ मा निर्देशक मोहित सुरीसँग विवाह गरेकी हुन्। उनीहरूका एक छोरी देवी र छोरा कर्मा छन्। समयसँगै लुक्समा पनि परिवर्तन आएको उदिता अहिले फिल्म नगरे पनि संगीत क्षेत्रमा सक्रिय रहन रुचाउँछिन्।
कमेन्ट गर्नुहोस्
view comments