डिभोर्सपछि पनि अभिभावकीय भूमिकामा एकजुट धनुष र ऐश्वर्या, छोराको ग्रेजुएशन समारोहमा देखिए
2 दिन पहिले प्रकाशित

एजेन्सी, जेठ १९ गते । दक्षिण भारतीय सुपरस्टार धनुष र निर्देशक ऐश्वर्या रजनीकान्त डिभोर्सपछि एकपटक फेरि सँगै देखिएका छन्। उनीहरू ठूलो छोरा यत्रको स्कुल ग्रेजुएशन समारोहमा सहभागी हुँदा सार्वजनिकरूपमा एकसाथ देखिएका हुन्। धनुषले समारोहका केही तस्बिर सामाजिक सञ्जालमा शेयर गर्दै “यत्रको अभिभावक हुन पाउँदा खुशी छु” भनेर भावनात्मक सन्देश दिएका छन्।
धनुष सेतो सर्ट र कालो पाइन्टमा देखिए भने ऐश्वर्या सेतो पहिरनमा सजिएकी थिइन्। यत्र र लिन्गाको स्पोर्ट्स डेमा पनि उनीहरू यसअघि एकसाथ देखिइसकेका थिए। १८ वर्ष लामो वैवाहिक सम्बन्धपछि २०२२ मा सम्बन्ध टुंग्याउने घोषणा गरेका उनीहरू २०२४ मा कानुनी रूपमा अलग भएका थिए। धनुष अहिले फिल्म ‘कुबेरा’ को प्रदर्शनको पर्खाइमा छन् भने ‘इडली कडाई’ को तयारीमा छन्। ऐश्वर्याको पछिल्लो निर्देशन ‘लाल सलाम’ भए पनि उनले हालसम्म नयाँ प्रोजेक्ट घोषणा गरेकी छैनन्।
कमेन्ट गर्नुहोस्
view comments