‘महाभारत’ अन्तिम फिल्म हुन सक्छ: आमिर खानको खुलासा

3 दिन पहिले प्रकाशित

एजेन्सी,जेठ १८ गते । बलिउड अभिनेता आमिर खानले आफ्नो बहुप्रतिक्षित ड्रिम प्रोजेक्ट 'महाभारत' लाई लिएर महत्वपूर्ण खुलासा गरेका छन्। फिल्म 'सितारे जमीन पर' को प्रमोशनको क्रममा उनले उक्त फिल्मको रिलिजपछि ‘महाभारत’ को काम सुरु गर्ने बताएका छन्। आमिरका अनुसार ‘महाभारत’ यति विशेष प्रोजेक्ट हो कि यसपछि अरू कुनै फिल्म गर्न कठिन हुन सक्छ, र त्यसैले यसलाई आफ्नो अन्तिम फिल्मसमेत बनाउन सक्ने संकेत दिएका छन्।

आमिरले 'महाभारत' लाई भावना, गहिराई र भव्यताको संगमका रूपमा चित्रित गर्दै यसले विश्वभरका दर्शकहरूलाई छोने विश्वास व्यक्त गरे। उनले भने, “दुनियाँमा जे–जे छ, त्यो सबै महाभारतको कथामा पाइन्छ।” यसबीच, उनका आगामी फिल्म ‘सितारे जमीन पर’ मा डार्शिल सफारी र जेनेलिया डिसूजाले समेत अभिनय गरेका छन्, जसले आमिरको भावनात्मक कथा चयनप्रतिको प्रतिबद्धता पुनः पुष्टि गर्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?