फिल्ममा कमब्याकको संकेत बिपाशा बसुबाट, फ्यानले नयाँ लुक्समा चिने नैनन्
5 दिन पहिले प्रकाशित

एजेन्सी, जेठ १४ गते । बलिउड अभिनेत्री बिपाशा बसुले फिल्मी करियरमा थुप्रै चर्चित कलाकारसँग काम गरिसकेकी छन्। लामो समयदेखि पर्दाबाट टाढा रहेकी बिपाशा हालै फेरि चर्चामा छिन्, उनको नयाँ लुक्स सार्वजनिक भएपछि फ्यानहरूले उनलाई पहिचान गर्नै मुस्किल परेको थियो। यसै सन्दर्भमा उनले फिल्ममा पुनः कमब्याकबारे खुलेर कुरा गरेकी छन्।
भारतीय सञ्चारमाध्यम जूम सँगको कुराकानीमा बिपाशाले भनिन्, “जब म फिल्ममा फर्कन्छु, त्यो बेला सबैलाई थाहा भइहाल्छ। त्यसपछि म धेरै अन्तर्वार्ता दिन्छु होला। मलाई फिल्मको माहोल धेरै याद आउँछ।” सन् २०१८ मा ‘वेलकम टू न्यूयोर्क’ मा केमियो भूमिका निर्वाह गरेकी उनी सन् २००१ को अजनबी फिल्ममार्फत डेब्यु गरेकी थिइन्। त्यसपछि उनले जिस्म, रेस, नो एन्ट्री, ओमकारा जस्ता सफल फिल्ममार्फत आफूलाई बलिउडमा स्थापित गरेकी थिइन्। हालको प्रतिक्रिया हेर्दा, बिपाशाको पुनरागमनको प्रतीक्षा दर्शकहरूमा अझै जीवित देखिन्छ।
कमेन्ट गर्नुहोस्
view comments