‘कन्नप्पा’ २७ जुनबाट प्रदर्शनमा, महादेवको भूमिकामा अक्षय कुमार
5 दिन पहिले प्रकाशित

एजेन्सी, जेठ १४ गते । तेलुगु अभिनेता विष्णु मन्चूको महत्वाकांक्षी फिल्म कन्नप्पा आगामी २७ जूनदेखि हलमा प्रदर्शनमा आउँदैछ। धार्मिक पृष्ठभूमिमा आधारित यस फिल्ममा बलिउड स्टार अक्षय कुमार महादेव (शिव) को भूमिकामा देखिने भएका छन्। अक्षयको महादेव अवतारमा सार्वजनिक गरिएको पोस्टरले दर्शकमाझ उत्साह थपेको छ।
फिल्ममा विष्णु मन्चूसँगै प्रभास, मोहनलाल, र अक्षय कुमार मुख्य भूमिकामा छन्। विष्णुका अनुसार प्रभास र मोहनलालले व्यक्तिगत सम्बन्धका कारण एकैपटक फिल्म स्वीकार गरे पनि अक्षय कुमारलाई सहमत गराउन निकै समय लागेको थियो। अक्षयले दुई पटक प्रस्ताव अस्वीकार गरेपछि निर्देशक सुधा कोन्गराको पहलमा लामो टेलिफोन संवादपछि मात्र उनी तयार भएको विष्णुले भारतीय मिडिया आजतक लाई बताएका छन्। कन्नप्पा को निर्माण लागत करिब २०० करोड भारू रहेको बताइएको छ, जसले यो फिल्मलाई दक्षिण भारतीय सिनेमाको एक महत्त्वपूर्ण प्रोजेक्ट बनाएको छ।
कमेन्ट गर्नुहोस्
view comments